कृषि सचिब पदकालागि भयाे सिफारिश

khabarwave
९ मंसिर २०७७

काठमाण्डाै । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिश समितिकाे  बैठकले रिक्त कृषि सचिब पदमा एक जना सहसचिबकाे नाम सिफारिस गर्ने निर्णय गरेको छ ।    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा डा. योगेन्द्र बहादुर कार्कीको नाम सिफारिस भएकाे हाे ।
लामो समय देखी रिक्त रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव पदमा कार्कीको नाम सिफारिस भएको हाे । डा. कार्की हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव रहेका छन ।
निजामती सेवा ऐन अनुसार, कार्यसम्पदान मुल्याङकनका आधारमा ८० प्रतिशतमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतमा एक सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । बिहिबार बस्ने मन्त्रिपरिषदकाे बैठकबाट डा. कार्कीको बढुवा हुने बताइएकाे छ ।

Loading spinner