कृषिमा सचिव खाली, वरिष्ठलाई न्याय होला ?

khabarwave
३ कार्तिक २०७७

काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले असोज ३० गतेबाट उमेरहदका कारण अवकाश लिएपछि कृषि सचिव अहिले रिक्त हुन पुगेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयमा दुई सचिवको दरबन्दी रहेकोमा पशुपंक्षी सचिवमा डा. प्रकाश माथेमा कार्यर छन् । रिक्त कृषि सचिव नियुक्तिका लागि सरकारले अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन ।

वरिष्ठताका आधारमा मन्त्रालयमा कार्यरत सहसचिव योगेन्द्र्र कुमार कार्कीलाई सचिव बनाउनु पर्ने प्रावधान रहे पनि सरकारले अहिलेसम्म सो प्रक्रिया अघि बढाएको छैन । कार्की यसअघि पनि सचिव सिफारिशमा परेका थिए तर सरकारले उनीभन्दा जुनियर राजेन्द्र भारीलाई सचिव नियुक्त गरेको थियो ।

यस पटक कार्कीलाई वरिष्ठताका आधारमा सचिव बनाउनु पर्छ भन्ने आवाज उठेको छ । तर बढुवा समितिले सिफारिश ३ जनाको गर्ने र निर्णय गर्ने मन्त्रिपरिषद्ले नै भएका कारण यस पटक  कार्कीमाथि अन्याय हुनुहुदैन भन्ने प्रशासनबिदहरूकाे माग छ ।

Loading spinner