कांग्रेस भन्छ – विरोध सभामा भएको जनसहभागिता उत्साहजनक

khabarwave
३ फाल्गुन २०७७

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध सभामा भएको जनसहभागिताकाे प्रशंसा गरेकाे छ । उसले आज  ७७ वटै जिल्लामा विरोध सभा सम्पन्‍न  गरेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरेर प्रदर्शनमा देखिएको सहभागिताले सरकारको असफलता र कुशासनविरुद्ध जनभावना अभिव्यक्त गरेको देउवाले बताएका छन् ।

सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड(१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Loading spinner