कांग्रेस पदाधिकारी बैठक आज बस्दै,नयाँ सरकार गठनको बारेमा छलफल हुने

khabarwave
१३ फाल्गुन २०७७

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको हाे।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ ।

प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।

 

Loading spinner