कांग्रेसले सरकार विरुद्ध सडक र संसदबाट एकसाथ संघर्ष गर्ने, विशेष अधिवेशन आह्वानकाे माग

khabarwave
१४ आश्विन २०७७

काठमाडौं । बरिष्ट नेता रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल गर्न बसेकाे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको केन्द्रीय पदाधिकारी  बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न सरकारलाइ दबाव दिने निर्णय गरेको हो ।कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो ।कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको थियाे ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक भ्रष्टाचार बढेको भन्दै त्यस विषयमा सशक्त आवाज उठाउनका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको हाे ।

 

 

 

Loading spinner