कांग्रेसका केन्द्रीय सदस्य विश्वकर्माले कोरोना जिते,अस्पतालबाट डिस्चार्ज

khabarwave
१४ मंसिर २०७७

काठमाण्डाै । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व  मन्त्री मीन विश्वकर्मा आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन ।  डेढ महिनापछि कोरोना संक्रमणबाट पूर्ण रुपमा मुक्त भएर आज अस्पतालबाट डिस्चार्ज हुने भएका हुन् । कोरोना पुष्टि भएपछि उनी काठमाडौेंको ग्राण्डी अस्पतालमा उपचाररत थिए ।

गत कात्तिक १ गते कोरोना पुष्टि भएका नेता विश्वकर्मा एक महिना १४ दिनको अस्पलात बसाइपछि घर फर्किन लागेका हुन् । उनलाई गत कात्तिक २४ गते भेन्टिलेटरबाट निकालिएको थियो । नेता विश्वकर्मा कोरोना पुष्टि भएपश्चात केही दिन होमआइसोलेसनमा बसेका थिए ।

 

Loading spinner