काँग्रेस युवा नेता भन्छन्, सत्ताको चास्नीमा डुब्नु हुँदैन

khabarwave
९ मंसिर २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारो परेपछि कहिले शितलनिवास धाए, कहिले सुरक्षा अंगका प्रमुलाई भेटे त केही नलागेपछि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई बोलाएर ३ घण्टा भलाकुसारी गरे । यसपछि राजनीतिमा अर्को गोटी चालिन लागेको बहस सिर्जना भइरहेको बेला प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेताहरुले काँग्रेसले पाएको जनमत प्रतिपक्षको लागि हो, सत्ताको चास्नीमा डुबेर पार्टी ध्वस्त बनाउन नहुने अडान लिएका छन् ।

५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अत कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । कपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं ।अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं जय नेपाल !

हामीले बारम्बार ओली प्रवृतिलाई इन्कार गरेका छौं।केन्द्रिय समितिले ओलि सरकारले वैद्यता गुमाईसकेको निणर्य गरिसकेको छ।जन नजरमा ईतिहासकै असफल ओली सरकारसॅग सम्झौता नगरियोस्।हेक्का रहोस् कांग्रेस एउटा ब्यक्ति होईन लाखौं सहिदको बलिदानले बनेको संस्था हो।पॅाच बर्ष हामी प्रतिपक्षमा रहन्छौ।

 

 

न त नेकपा सत्ता छोडेर पार्टी बिभाजन गर्छ न त काङ्ग्रेसनै नेकपा ओलिको सती जान तयार छ यो भ्रमबाट मुक्त हुनुपर्छ ।
ओलिले नेपाली जनतालाई मात्रै होईन बिश्व समुदाय लाई पनि भ्रममा पारेर सत्तालाई दुरुपयोग गरेका छ्न।
कोहि कुनै लालिपपमा नफसौ।

 

Loading spinner