काँग्रेसको पूर्व कोषाध्यक्षको ९९ वर्षको उमेरमा निधन

khabarwave
२३ आश्विन २०७७

काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएकाे हाे । वि.सं. १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मका प्रसाईंका श्रीमति, तीन छोरो र दुई छोरी छन् । । उनी काँग्रेसका बैद्धिक नेता स्वर्गीय सीके प्रसाईंका सहोदर दाइ हुन् । प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । ।

उनी ०२०४६ देखि २०४८ सम्म झापा काँग्रेसका सभापति, मेची र कोशी अञ्चलको संयोजक हुँदै २०४८ देखि २०५२ सम्म पार्टीको केन्द्रीय कोषाध्यक्ष भएका थिए । २०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले प्रसाईलाई केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए

२००३ सालमा नेपाली काँग्रेस स्थापना भएदेखि प्रसाई ०६२ सम्म काँग्रेसमा सक्रिय थिए ।
२०१८ सालमा पक्राउ परेर २०२० साल माघसम्म २५ महिना प्रसाईले पहिलो पटक लामो समय जेल जीवन बिताएका थिए । जेलबाट छुटे पनि इलाम बाहिर जान नपाउने गरी नौ महिना उनलाई एरियाबन्दी बनाइयो । त्यसपछि प्रसाईले सिलिगुडीमा सात वर्ष प्रवासी जीवन बिताएका थिए ।

२०२७ सालसम्मको प्रवासी जीवन बिताएर उनी २०३३ साल पुस १६ गते मेलमिलाप नीति लिएर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी र खुमबहादुर खड्कासँग पटनाबाट नेपाल फर्किएका थिए ।राजद्रोहसहितका दुईवटा मुद्दामा प्रसाईले २०३३ पुसदेखि २०३६ असारसम्म झापामा जेल जीवन बिताएका थिए । २०३० को चर्चित नेपालको विमान अपहरणकाे अभियाेगमा समेत उनी पक्राउ परेका थिए ।
कोइराला परिवारका बिपी, गिरिजादेखि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्णशमशेर राणाहरूसम्म प्रसाईँको राम्रो सम्बन्ध थियो ।

Loading spinner