कर्णाली प्रदेश सरकारकाे राउटे समुदायलाई उपहार- थप २ हजार भत्ता र निशुल्क उपचार

khabarwave
१५ कार्तिक २०७७

काठमाण्डाै । कर्णाली प्रदेश सरकारमार्फत  लोपोन्मुख फिरन्ते जाती राउटे समुदायले थप २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायका नागरिकहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीले राउटे समुदायका नागरिकहरु बिरामी पर्दा प्रदेश सरकारले निशुल्क उपचार गर्ने समेत घोषणा गरेका छन् ।सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् ।

कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकार मार्फत लोपोन्मुख जातीअन्तरगर्त मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । राउटे समुदायका नागरिकलाई संघीय सरकारले प्रदान गर्र्दै आएको ३ हजारसँगै कर्णाली प्रदेश सरकारमार्फत थप २ हजार रुपैयाँ भत्ता प्रदान गर्न लागिएको हो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र प्रदान गरिएको हो । स्थायी परिचयपत्र पाएका राउटेहरु समुदायलाई नागरिकता लिन स्थानीय, प्रदेश र संघीय सरकारले आग्रह गर्दै आएको छ । तर, उनिहरुले अस्विकार गर्दै आएका छन् । राउटे समुदायमा पुगेका कर्णालीका मुख्यमन्त्री शाहीले उनिहरुलाई नागरिकता लिन आग्रह गरे ।

 

Loading spinner