कर्णाली प्रदेश सरकारकाे समस्या ज्यूँका त्यूँ ,प्रधानन्त्री ओलीले भने-काठमाडौ नछोड्नुहाेस्

khabarwave
१ कार्तिक २०७७

काठमाण्डाै ।विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनअघि काठमाडौँमा छन ।यसैक्रममा शनिबार कर्णालीका नेकपा नेताहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेका छन । भेटपछि प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका पदाधिकारीहरुलाई तत्काल काठमाडौ नछोड्न र  दुई अध्यक्ष बसेर गरेकाे सल्लाहलाइ मान्न निर्देशन दिएका छन् । प्रधानन्त्रीसमेत रहेका ओलीले कर्णाली प्रदेश कमिटिमा आएको विवादबारे पदाधिकारीहरुको ब्रिफिङ सुनेपछि यस्तो निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले असोज २७ गते पत्र काट्दै काठमाडौँ बोलाएका थिए ।विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनअघि काठमाडौँ आएका थिए । उनीहरुले बिहीबार र शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग पनि बेग्लाबेग्लै रिपोर्टिङ गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाइ मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही र निलम्बित सचेतक गुलाबजंग शाहले  सामुहिक व्रिफिङ गरेपछि पनि कर्णाली प्रदेश सरकारकाे समस्या ज्यूँका त्यूँ छ  ।

Loading spinner