कर्णालीमा देखिएको विवादबारे बालुवाटारमा छलफल

khabarwave
२८ आश्विन २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच कर्णालीमा नेकपामा देखिएको विवादबारे आज पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग सम्वाद गर्न प्रचण्ड बालुवाटार पुगेका थिए ।कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछाडि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको हाे ।

दुई अध्यक्षबीच अढाइ घण्टा लामो सम्वाद भएको छ । कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच सम्वाद भएपनि ठोस् सहमति भने जुट्न सकेकाे छैन । कर्णालीका नेताहरुसँग बसेपछि मात्रै समाधानको विकल्पमा छलफल हुने बालुवाटार स्रोतले बताएकाे छ।

नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन ।

Loading spinner