कमिसन बढ्दा व्यवसायी उत्साही,आन्दोलनको फिर्ता

khabarwave
१८ माघ २०७७

काठमाण्डाै ।  माग पूरा गर्न बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले  पेट्रोलियम पदार्थ विक्रेतालाई दिँदैै आएको कमिसन शनिबारदेखि प्रतिलिटर ३६ पैसाका दरले बढाउने निर्णय गरेकाे छ ।
निर्णयअुनसार पेट्रोलमा प्रतिलिटर ०.३९ प्रतिशत र डिजेलमा ०.४७ प्रतिशत कमिसन वृद्धि भएको छ । कमिन वृद्धिगँगै अब विक्रेताले पेट्रोलमा ३.३९ प्रतिशत र डिजलमा ३.१२ प्रतिशत कमिसन पाउनेछन् । यसअघि प्रतिलिटर पेट्रोल कमिसन ३ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत थियो । कमिसन वृद्धि गर्दा हुने मूल्य सामायोजनअनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर औषत ३६ पैसा थप हुने छ । निगमले कमिसनको भार तत्काल उपभोक्तालाई पर्न नदिइने दावी गरेको छ ।
लामो समयदेखि कमिसन वृद्धि नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै बढाउन माग गरेका थिए । व्यवसायीले माग पूरा नगरे आइतबारदेखि आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका थिए । तर, निगमको निर्णयसँगै शनिबार निगम र पेट्रोलियम व्यवसायीबीच पाँच बुँदे सहमति भएको छ । सहमतिसँगै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

Loading spinner