औषधि व्यवस्था विभागका  महानिर्देशक फेरिए

khabarwave
२९ आश्विन २०७७

काठमाण्डाै । औषधि व्यवस्था विभागको  महानिर्देशकमा भरत भट्टराई नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले भट्टराईलाई आज महानिर्देशकमा नियुक्त गरेकाे स्राेतकाे दाबी छ । भट्टराई वनस्पति विभागमा यसअघि कार्यरत रहेकै अवस्थामा सहसचिब पदमा बढुवा भएका हुन् ।

बढुवा भएपछि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए ।  अहिलेका महानिर्देशक रहेका नारायण ढकाललाई मन्त्रालय सरुवा गरिएको स्रोतको दाबी छ ।  तत्कालीन गगन थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा विभागको महानिर्देशक बनाइएको ढकाललाइ त्यसपछिका मन्त्रीले मन्त्रालयमा सरूवा गरेपछि उनी  सर्वोच्च अदालत गएका थिए । सर्वोच्चकाेआदेशबाट पुन विभाग  मन्त्री भानुभक्त ढकालले नै फर्काएका  थिए ।

Loading spinner