ओली पक्षकाे प्रस्ताब प्रचण्डबाट अस्वीकार

khabarwave
२ मंसिर २०७७

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बुधबार बस्ने बैठक केही दिन पछाडि सार्न केपी ओली पक्षले प्रचण्ड-माधव पक्षसँग प्रस्ताव गरेको छ तरओली पक्षको प्रस्ताव प्रचण्ड पक्षले नमानेपछि बैठक नरोकिने लगभग निश्चितजस्तै देखिएको छ ।

कात्तिक २८ गते सुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी तय भएको थियो । प्रधानमन्त्री केपी ओली पक्षले बुधबारको बैठक केही दिन पछि सार्न कार्यकारी अध्यक्ष प्रचण्डलाई प्रस्ताव गरेकाे बताइएकाे छ । तर, प्रचण्डले भने बैठक सार्ने र नसार्ने विषय पनि बैठकबाटै टुंगो लगाउनुपर्ने ओली पक्षलाई जवाफ दिएका छन  ।

शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ ।

 

Loading spinner