ओली – नेपालबीच भेटवार्ता निष्कर्षबिहिन, अझै सहमतिको प्रयास जारी रहने नेताहरुकाे भनाई

khabarwave
२४ असार २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएपनि तर दुवै नेता आ-आफ्नो अडानमा रहेका कारण कुनै सहमति हुन सकेन । भेटमा  अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि नेता नेपाल सहमत नभएकाे बताइएकाे छ ।

लगातार तेस्रो दिन बुधबार सिंहदरबारमा बसेको ,कार्यदलको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठ २०७५ मा फर्किंदा पार्टी र जनवर्गीय संगठनहरुलाई पूर्ववत् अवस्थामा फर्काउन लगभग सहमति भएको थियो । पार्टी केन्द्रीय कमिटीको संख्या, एमालेमा रहेका पूर्वमाओवादी नेताहरुको व्यवस्थापन र अदालतको मुद्दामा धेरै नजिक पुगेको बताइएकाे थियाे । तरअध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधबार टेलिफोन सम्वाद समेत भएपछि मेयरिटको भेट भयो । तर भेटका क्रममा अध्यक्ष ओलीले सहमतिका लागि न कुनै प्रस्ताव राखे, न कार्यदलमा नमिलेका विषयमा छलफल नै गर्न चाहे ।

कार्यदलका अर्का एक सदस्यले बताएअनुसार ओली पक्षका नेताहरुले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेट भएपछि विवादित विषयहरु मिल्ने दाबी गरेका थिए । यद्यपि सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् ।

Loading spinner