ओली निस्काशित, नेकपाको नयाँ अध्यक्षमा माधवकुमार नेपाल

khabarwave
७ पुष २०७७

काठमाडौं । प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भत्र्सना र अस्वीकार गर्ने निर्णय पनि गरेको छ ।अर्को बैठक बिहीबार साढे ११ बजे बोलाइएको छ।

 

 

Loading spinner