एक्ला बादल दुबैकाे तानातानमा, निर्णय गर्न बाँकी

khabarwave
८ पुष २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । बादल पक्षका नेताहरुले गृहमन्त्री थापालाई नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन दबाब दिइरहेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि उत्पन्न परिस्थितिपछि ओली वा प्रचण्ड–माधव नेपालमध्ये कुनै समूहमा नदेखिएका थापाले बुधबार ओलीलाई भेटेका हुन् ।  पुल्चोकस्थित मन्त्री क्वार्टरमा पुगेर मंगलबार बिहान प्रचण्डले बादललाई भेट्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।  उनले कुनै निर्णय गरिसकेका छैनन् ।

Loading spinner