एकै दिनमा १५ सय ३९ संक्रमित थपिँदा १ हजार ६८ जना घर फर्किए

khabarwave
३१ भाद्र २०७७

काठमाडौँ । वातावरण सहज बनाउँदै लाने सरकारको योजनासँगै कोरोना सक्रमणको अवस्था पनि जटिल बन्दै गएको छ । नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए । हालसम्म संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।
२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ४१ हजार ७ सय ६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका प्रवक्ता गौतमले जनाए । २४ घन्टामा १० हजार ४ सय ९४ पीसीआर परीक्षण भएका छन् । ८ जनाको मृत्यु भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

Loading spinner