उपत्यका बाहिर ६ घण्टा बिताउन लागेका प्रधानमन्त्रीका यस्ता छन कार्यक्रम

khabarwave
२६ कार्तिक २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला  पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम राखिएकाे छ । उनले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) को निरीक्षण त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।त्यस्तै किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्यान्ताङ भन्ने स्थानमा जाने र त्यहाँ  निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्ने कार्यक्रम छ ।

च्यान्ताङ पछि १ः३० बजे भने प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने र

ड्यामको निरीक्षण पछि  प्रगतिबारे ब्रिफिङ लिने  प्रधानमन्त्री ओलीकाे कार्यकेम छ ।एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गरेका थिए ।

३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको गरिएकाे छ ।

Loading spinner