उपत्यकामा थप गरिएको निषेधाज्ञा  लागू ,पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी

khabarwave
१४ जेष्ठ २०७८

काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा  लागू भएको छ ।  तोकिएको निषेधाज्ञा यसअघि भन्दा कडाइ गरिएको छ । शुक्रबारबाट लागू भएको निषेधाज्ञामा किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न नपाइँने जस्ता प्रतिबन्धात्मक व्यवस्थाहरू गरिएका छन् ।

निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउने नीति लिइएको प्रहरीले जनाएको छ । सूचनाको अभावका कारण कसैले पसल खोल्यो भने उसलाई एक पटकको लागि चेतावनी दिइने र  फेरि अटेरी गरी पसल खोलेमा कानुन अनुसार कारबाही गरिने प्रशासनले जनाएकाे छ । निषेधाज्ञाकाे अनुगमन गर्ने जिम्मा प्रहरीलाई दिइएको र प्रहरीका अनुसार कडाइ गरिएको निषेधाज्ञामा पसल खोल्नेहरुलाई पहिलो पटक चेतावनी दिएर बन्द गराउने र दोस्रो पटक पसल खोलेमा प्रहरी कार्यालयमा नै ल्याएर कारबाही गर्ने तयारी छ । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।

खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको छ ।

Loading spinner