महाप्रबन्धक पदका लागी १० जनाकाे भीडन्त,छनाैटमा परेकाहरू शक्तिकेन्द्र धाउदै,नेपाल औषधीकाे पनि नतिजा निस्कासनकाे तयारी

khabarwave
१३ आश्विन २०७७

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालय मातहतका एक संस्थानमा रिक्त महाप्रबन्धक पदको नियुक्तिकालागी मन्त्रालयले  प्रक्रिया अगाडी बढाएकाे छ । मन्त्रालयले  उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेको महाप्रबन्धक पदमा नियुक्तिका लागि भदौ १ गते सार्वजनिक सूचना प्रकाशित गरेकोमा मुलुकका अधिकांश स्थानमा निषेधाज्ञा रहेको कारण देखाउँदै मन्त्रालय १५ दिन म्याद थप गरेको थियाे  ।

स्राेतकाअनुसार मन्त्रालयले महाप्रबन्धकका लागि १० जनाको नाम सम्भावित उम्मेदवारका रुपमा स्वीकृत गरेको छ ।जसमध्ये एक नम्बरमा बिनाेद अधिकारी आएका छन् दुइमा गाेपीकृण्ण न्याैपाने , तीनमा संजयकुमार लाल , चारमा अरूणकुमार  ढुङाना छन ।त्यसैगरी आनन्द नेपाल,ध्रुबबहादुर देवकोटा, अम्मरराज खैर, गोविन्द प्रसाद दाहाल ,भुपेन्द्र प्रसाद अर्याल र सञ्जयकुमार छन ।स्वीकृत भएका नामवाली मध्ये अन्तरवार्ताका आधारमा तीनजनाको नाम सम्भाबित महाप्रबन्धकको  नियुक्तिका लागि मन्त्रालयसमक्ष छनाेट गरिने  र मन्त्रालयले छनोट समितिका आधारमा मन्त्रिपरिषदमा  सिफारिस गर्ने तयारी भइरहेको छ ।छनाेटमा परेका १० जनाको नाम स्वीकृत भएपछि महाप्रबन्धक पदका लागि शक्ति केन्द्र धाउनेहरु  बढेका छन ।  असोज ५ गतेसम्म इच्छुक उम्मेदवारहरुले महाप्रबन्धक पदमा दरखास्त दिएका थिए।

यसैबीच   नेपाल औषधि लिमिटेडमा रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि मन्त्रालयले भदौ ३ गते सूचना प्रकाशित गरेकोमा मुलुकमा विद्यमान पछिल्लो अवस्थाका कारण इच्छुक उम्मेदवारहरुले मन्त्रालयमा आई दरखास्त दर्ता गराउन असहज भएको कारण देखाउँदै मन्त्रालयले १५ दिनको म्याद थप गर्ने निर्णय गरेको थियाे । सो निर्णयअनुसार इच्छुक उम्मेदवाहरुले असोज ७ गतेसम्म निवेदन दिएका थिए।उक्त लिमिटेडमा आबेदन दिएकाहरूकाे पनि छनाेट प्रक्रिया अन्तिम चरणमा पुगेकाे बताइएकाे छ ।

 

Loading spinner