उच्च मनोवल, कोरोनाको हल
ज्ञान बस्नेत, जनस्वास्थ्य प्रशासक
भाद्र १ गते कोरोनाको अप्रत्याशित संक्रमण पश्चात् Home isolationमा वसेको १३ औं दिनको दिन कोरोनालाई परास्त गरेको नेगेटिभ रिपोर्ट प्राप्त भयो । Negative report आउनु मेरो लागि खुशिको कुरा त रह्यो नै मलाई भन्दा नि शितल त मेरा घरपरिवार नरनाता शुभेच्छुक र मन्त्रालय कार्यालयमा भएको आभास भयो जुनकुरा वर्सेका फोन, म्यासेज, सामाजिक संजालवाट दिईएका वधाईका लहरहरुले इङ्कित गर्थ्यो।
कोरोना संक्रमणका शंकास्पद ६ दिनको quarentine ,संक्रमणका १३ दिन Home isolationर थप बस्ने ७ दिन गरि २६ दिनको वसाई मेरो लागि जागिरे जिन्दगिकै सबै भन्दा लामो मेरो लागि अनुद्पादक वसाई हुने भयो। जागिरको ३१ वर्षको अनुभवमा विदा लिदा होस या काजमा खटिएको वेला होस कार्यालयमा एकदिन पनि ढिलो गरेको शायदै होला तर ऐले यसरी जिम्मेवारिमा रहेर कोरोनाको कहरको वेला कामकाजि जागीरेको यति लामो समय गुजार्नु कति प्रतिपादक होला रुयो मेरो वाध्यता हो । जनताको सेवा हामी कर्मचारीको पहिलो कर्तव्य हो झन कोरोनाको यो विश्व महामारी र मलाई दिएको जिम्मेवारी र म जनस्वास्थ्य कर्मि भएको नाताले ठूलो जिम्मेवारी र दायित्व सम्झिदै कोरोनासङ्ग जुझ्दै isolation मा virtual support isolationवाटै कोभिड अस्पतालमा गर्नु पर्ने कामको सल्लाहा, स्वाव सन्कलनमा समन्वय, तथा सबवाहनको व्यवस्थापन, कार्यालयको काम आदि भने गरे जसवाट आफु व्यस्त भैयो दिमागमा कामले मात्र जगा पाएकोले कोरोनाले थप दुख दिने चेस्ठा राखेन ।
यो महामारिमा टीमको नेतृत्व गर्ने एकजना सदश्य नहुँदा परेको समस्या, खड्किएको अभावको कुरा सुन्नु पर्दा एउटा जिम्मेवार व्यक्ति चुपचाप रहनु कसरी छाती चिरिने नै भयो , आफ्नो वसाईलाई फलदाई वनाउने तर्फ लागियो isolation वाटै कामको समन्वय गर्ने किनकी व्यवस्थापनमा व्यक्तिले फरक पार्छ नै ।
घरपरिवार, नातेदार ,साथिभाई, शुभचिन्तकहरुले म प्रतिको ख्याल, स्वास्थ्यलाभको कामना र कोरोना संक्रमण भए पश्चात् हुने सक्ने असर, रोकथाम र नियन्त्रणको वियमा कौतुहलताकासाथ विभिन्न माध्ययमवाट कुरा सोध्ने गरिन्थ्यो ।यो स्वभाविक पनि हो कि जिम्मेवार र उच्च मनोवलकासाथ खट्ने मान्छे नै संक्रमित हुँदा अरुहरुमा हुँदा के गर्नेभन्ने विषयले ठाउँ पाउने नै भयो, सम्वन्धितवाटै विषयवस्तु वुझ्न पाए हुन्थ्यो भन्ने भएर होला सोधनी हुन्थ्यो । म पनि आफ्नो कर्तव्य सम्झि सवालको जवाफ दिन्थे ढाड्स सहित न आतिनको लागि।
सकुशल हुँदा त आ(आफ्नै तनाहा, जिम्मेवारी, जिविकोपार्जनमा समय कटाउनु पर्ने तर परेको वेला हाम्रो नेपाली संस्कार रमाईलो छ, सान्त्वना दिने , सन्चो विसन्चो सोध्ने र सहयोगको वचन पनि। खुशी लाग्थ्यो मन्त्रीज्यु देखि सर्वसाधारण, स्वदेशमा हुने देखि विदेशमा रहेका शुभचिन्तकहरुले पनि मेरो स्वास्थ्यको चासो राख्नु हुन्थ्यो यो मेरो लागि आत्मावलको ठूलो उर्जा वन्थ्यो ,लाग्थ्यो जिन्दगिको ३१ वर्षको सेवामा मनमुटुहरु कमाएकै रहेछु यद्यपि यो संक्रमणलाई मैले सामान्य सम्झि रहे। कोरोना समुदायमा फैलिएको अवस्थामा पछिलो समयमा देखिएको संक्रमणमा नगन्य लक्ष्यण जस्तै हल्का जरो, खानामा अरुची, जिउ दुख्ने, सामान्य पखाला जुन व्यक्ती पिच्छे फरक पाइएको छ, मैले पनि अनुभव गरे ।
मेरो दैनिकी
१। सधै झै विहानै फोनको घन्टि वज्ने गर्छ ,म्यासेज, सामाजिक संजालमा व्यवस्थापनका विभिन्न कुरा उठ्छन तेस्को Response गर्ने ।
२।जिम्मेवारी लिएको कामको लागि virtullay supportगरियो ।
३। एम्वुलेन्स, सव वहानको व्यवस्थापनमा सहयोग ।
४। स्थानीय तहसङ्ग विविध छलफल, संक्रमीत भर्ना , स्वाब संकलन तथा तभकतष्लन को समन्वय ।
५। कोभिड अस्पताल विराट्नगर र गोठगाउ isolationमा आएका समस्याको समाधानमा निरन्तर समन्वय ।
६।कोरोना व्यवस्थापनको जिम्मा लिएकै व्यक्ती संक्रमण हुँदा उसैको अनुभव सुन्नलाई आतुर साथिहरुसङ्गको सम्पर्कको ओईरो लाग्थ्यो र भलाकुसारी कसरी भयो,कस्तो छ, लक्षण के के आयो, औषधिको प्रयोग जस्ता कुरा गर्थें जसवाट मेरो समय वितेको थाहा हुदैन थियो, लाग्छ कि म संक्रमण हुनु पनि ठिकै भएछ मैले वाडेको अनुभवले अरुलाई वच्न सजिलो होस।
कोरोनासङ्ग सतर्क हौ नआतिऔस् ९ मेरो अनुभव र मैले अनुसरण गरेको समेत०
१। उच्च मनोबल , कोरोनाको हलूयो मन्त्रलाई आत्मासाथ गरे मैले र गरौं भन्छु ।
२। एकोहोरो monotonous र एक्लोपन नहुने खालका कृयाकलाप गरी आफुलाई व्यस्त वनाउने ।
३। कोरोनासङ्ग उच्च सतर्क भै कत्ती पनि नडराई मसङ्ग लड्न सक्ने क्षमता छ भनी ढुक्क रहने ।
४। म संक्रमीत हु विरामी हैन भन्ने सोचाई वनाउने ।
५। कम्तीमा दिनको ४ पटक सन्तुलित खाना खाने , दाल भात, रोटि, हरियो सागपात, फलफूल, माछामासु आदि मिलाएर ।
६। भोजनको अलावा तातोपानी, कागती पानी, अदुवा, वेसार, गुर्जो, अमला, अस्वोगन्धा लगायतका जडिबुटी र घरायसी औषधिको सेवन।
७। तातोपानीको वाफ र नुनपानी कुल्ला गर्ने।
८। मज्जाले निदाउने कममा पनि ८ घन्टा।
९। हलका शारीरिक व्यायाम९ यस्मा मेरो चाहिँ नाच्ने, गुनगुनाउने विधा पर्यो, योगा तथा मनोरञ्जनका खेल खेल्ने ताकी मन प्रफुल्ल भई मनोवल वढी रोग प्रतिरोधात्मक शक्ति ह्वात्तै वढ्ने रहेछ यद्यपि म आफुलाई उच्च मनोवल राख्ने र भरपुर ईच्छा शक्ति भएकोरुपमा लिन्छु र अरुवाट नि त्यही कुरा सुन्ने गर्छु।
१०।आफुलाई totllay busyवनाएर कोरोनालाई दिमागको कुनै ठाउमा प्रवेश गराउन नदिएको।
११। Vitamin B complex with c and zink, Paracetamol, jeevanjal को सेवन गरियो ।
भावी योजना
१। कोरोनाको उच्च संक्रमण दर घटाउन सरोकारसङ्ग छलफल
२। लक्ष्यण भएका केसहरु वढेकोमा सो अनुसारको व्यवस्थापनमा पहल गर्ने ।
३। विज्ञसंग छलफल गरि संक्रमितहरुको शुचि तयार गरी उबिकmब तजभचबउथ को लागि आवश्यक पर्ने रगत संकलन ।
४। स्थानीय तहसङ्ग छलफल गरी isolation को मजबुतिकरणमा सहजीकरण ।
अन्तमा ,मेरो सुस्वास्थ्यको कामना गर्ने, उच्च मनोवलको लागि निरन्तर सुभेक्ष्या प्रकट गर्ने मेरो घरपरिवार,दाजुभाईर वन्धुहरु, ससुराली , नरनाता, माननीय मन्त्रीज्यु हरु, माननीय सान्सद ज्युहरु ,सचीव ज्यु,मन्त्रालयका साथिहरु, निर्देशक ज्यु लगायत निर्देशनालयका साथिहरु, प्रमुख जिल्ला अधिकारि तथा सिसिएमसिका पदाधिकारी ज्यु, मेरा गुरुवर्ग , मिलन केन्द्रका साथिहरु, कोशी अस्पतालका प्रमेसु।लगायत टिम, कोभिड अस्पतालका व्यवस्थापन तथा मेडिकल टिम, प्रयोगशालाका सर म्याड्महरु, प्रदेश आपुर्ती केन्द्रका साथिहरु, प्रदेश तालिम केन्द्रका साथिहरु, स्वास्थ्य कार्यालयका साथिहरु, स्थानिय तहका जनप्रतिनिधी ज्युहरु,प्रमुख प्र।अधिकृज्यु हरु, स्वास्थ्य सम्योजक लगायत स्वास्थ्यकर्मी साथिहरु, देश तथा विदेशवाट सम्झिने साथिहरु, सन्चारकर्मी , गाम्नाङ्गटार सेवा समाज ,साझेदार संस्थाका साथिहरुलगायत मेरा हृदयी सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दछु र धन्यवाद टक्र्याउछु।कोभिड उपचार केन्द्रमा खटी मेरो रेखदेख गर्ने छोरा डा मिलन वस्नेत, म सङ्गसङ्गै रही मेरो केयर गर्ने रामप्रसाद तिमिल्सिना गुरुजि भाई लाई विशेष धन्यवाद । केही दिनभित्रै उच्च सतर्कता र पुर्ण सक्रियताकासाथ आफ्नो काममा लाग्ने छु।सचेत र सतर्क रही कोभिड १९ को विरुद्ध लड्न समेत सम्पुर्ण महानुभावहरुमा हार्दिक अपिल गर्दछु। –समाजिक संजालबाट