
उखु किसान आन्दोलन गर्न काठमाडौंमा,हजार किसानकाे सहभागितामा माइतीघरमा आन्दोलन
काठमाडौं । सर्लाहीका उखु किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् ।उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि उनीहरु काठमाडौं आएका हुन। आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ । आन्दोलनमा करिब एक हजार किसानले सहभागीता जनाउँनेछन ।
गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।