आयोगले  निर्वाचन कार्यक्रम अगाडि बढायाे,आचारसंहिता लागू गर्ने र दल दर्ता आह्वान गर्ने तयारी

khabarwave
२८ माघ २०७७

काठमाडौं । निर्वाचन आयोगले  निर्वाचन कार्यक्रम अगाडि बढाउने भएको छ ।आयोगले निर्वाचन आचारसंहिता तयार भइसकेको जनाएको छ । आउँदो आइतबारसम्म सर्वदलीय बैठक राखेर निर्वाचन प्रयोजनका लागि दल दर्ता खोल्ने आयोगको तयारी छ ।आयोगले निर्वाचन सामग्री खरिदका लागि बुधबार टेण्डर आह्वान गर्ने भएको छ ।

निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली फागुन २१ गते प्रकाशित गर्ने भएको छ । मतदाता नामावली प्रकाशत गरिसकेपछि समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीका लागि दलहरुलाई आह्वान गर्नुका साथै मनोनयन दर्ताको प्रक्रिया सुरु हुने आयोगले जानकारी दिएको छ ।आयोगको प्रारम्भिक आँकलनअनुसार चुनावमा करिब १ करोड ६६ लाख मतदाता रहनेछन् । यसको अन्तिम संख्या फागुन २१ मा टुंगो लाग्नेछ ।

निर्वाचन आचार संहिताको मस्यौदा तयार गरेर  मंगलबार नै दलहरुलाई पठाइएक्ाे बताइएकाे  छ । विहीबार वा शुक्रबार वा आइतबार सर्वदलीय बैठकको आयोजना गरिने छ ।  सर्वदलीय बैठकपछि चुनावी प्रयोजनका लागि दल दर्ता आह्वान गरिनेछ ।

नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गर्दै आयोगमा बुझाएको पत्रलाई भने आयोगले गम्भीरतापूर्वक नलिएको प्रचण्ड–माधव पक्षका नेताहरुको गुनासो छ । दलको विवाद हेर्ने जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् ।

 

 

 

 

 

Loading spinner