आन्तरिक हवाई उडान तथा लामो दुरीको यातायात असोज ५ गतेदेखि सुचारू गर्ने मन्त्रिपरिषदकाे निर्णय
काठमाण्डाै। मन्त्रिपरिषदको साेमबारकाे बैठकले असोज ५ गतेदेखि आन्तरिक हवाई उडान तथा लामो दुरीको बस सुचारु गर्ने निर्णय गरेको छ ।
राती अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्मपन्र बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो । यस्तै लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय पनि बैठकले गरेको गरेकाे छ।सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको हाे।
यातायातका साधानले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउनेछन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।