आधा दर्जन सहसचिबकाे सरूवा, महानिर्देशक प्रदेशतिर ( काे कता सूचिसहित)

khabarwave
२१ पुष २०७७

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  ६ जना सहसचिवको सरुवा गरेको छ ।प्राप्त जानकारीअनुसार आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र त्यहाँका राम प्रसाद घिमिरेको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।शहरी विकास तथा भवन निर्माण विभागका सहसचिव चक्रवर्ती कण्ठलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ पन्तलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणका कृष्ण प्रसाद आचार्यलाई वन तथा वातावरण मन्त्रालयमा र मन्त्रालयका सहसचिव मोहनदेव जोशीलाई आचार्यको ठाउँमा पठाइएको छ । विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत सहसचिवलाई सरुवा गरेको हो ।

 

Loading spinner