आत्मरक्षाकालागि किशोरीलाई शुद्धोधनमा तालिम

khabarwave
१ मंसिर २०७७

काठमाण्डाै । कपिलबस्तुकाे शुद्धोधन गाउपालिकामा किशोरिहरूलाई आत्मरक्षाका सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । गाउपालिका र एम्पलीफाई चेन्जकाे सहयाेग र   समन्वय  एबं कालिका स्वावलम्वन सामाजिक केन्द्र को आयोजना किशोरीहरुका लागि किशोरी सशक्तिकरण ३ दिने तालिम गाउपालिकाकाे राजापानीमा सम्पन्न भएको हो ।

तालिम किशोरीहरु कही पनि र कहिल्यै पनि हिसां नपरोस र परिहाल्यो भने पनि आत्म सुरक्षा गर्ने ,किशोरीहरुलाई विशेष गरी कहाँ , कहिले, र को वाट हिसांमा पर्न सक्छन  र आफू हिसांमा परेको कुरा कसरी थाहा पाउने र आफ्नो सुरक्षा कसरी गर्ने भन्ने विषयमा जानकारी तथा अभ्यासहरु गराईएको थियो । किशोरीहरु ले आफनो आत्मरक्षाका लागि तालिममा ३ दिन सिकेका कुराहरुको डेमो प्रर्दशन पनि गरेका थिए। आफू मात्र नभई आफ्नो गाउँघर , समुदायका अन्य किशोरीहरुलाई पनि सुरक्षाका उपाएहरु सिकाउने तालिम मा सहभागी किशोरिहरुले प्रतिवद्धता जनाएका छन ।

शुद्धोधन गाउपालिकाका अध्यक्ष निसार अहमद खाँले  अन्य किशोरीहरुलाई पनि सशक्तिकरण तालिम संचालन गर्ने र किशोरीहरु को क्षेत्रमा धेरै नै काम गर्ने जानकारी गराउदै आफनो पालिकालाई नमूना गाउपालिका वनाउने प्रतिवद्धता जनाउनु भएको छ।तालिममा शुद्धोधन गाउँपालिका २३ जना किशोरीहरु को सहभागिता रहेको थियो।

 

Loading spinner