आईपीओमा नयाँ रेकर्ड , १५ लाख २९ हजार ४सय ६० काे आवेदन

khabarwave
६ माघ २०७७

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४सय ६० ले  १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

याे सँगै साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट खुल्ला गरिएको थियो ।

Loading spinner