आइतबारको मौसम पूर्वानुमान यस्ताे छ
काठमाण्डाै । मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको जनाएकाे छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।यस्तै, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।