अवकाशमा जान लागेका सचिवकाे महिनादिनमै दुई ठाँउमा सरूवा

khabarwave
१७ पुष २०७७

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाअतिरिक्तमा रहेका सचिव आनन्दराज ढकाललाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा काजमा पठाइएको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ढकाललाई काजमा पठाउने निर्णय गरेको हो । सरकारले पुष २१ गते अनिवार्य अवकाशमा जान लागेका सचिव ढकाललाई केही दिन अघि मात्रै लोक सेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा सरुवा गरेको थियो ।लोक सेवा आयोगमा भने अर्जुन प्राेखरेलकाे यस अघिनै सरूवा भइसकेकाे छ ।

Loading spinner