अर्थमन्त्री पौडेललाई गृहनगरमा कालो झण्डा

khabarwave
१० मंसिर २०७७

काठमाण्डाै।नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई गृहनगर बुटवलमा कालो झण्डा देखाइएको छ ।
नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र ९ रुपन्देही–२० को सैनामैना मा।बि रानिबगिया र पर्रोहा माबि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै गर्दा तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाइएको हाे ।

नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्तालेकालो झण्डा देखाएका हुन् ।प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

 

 

Loading spinner