अमेरिकी राष्ट्रपतिको चुनाव : दुई दलको दृष्टिकोणमा के भिन्नता छ ? आप्रवासीलाई कुन दल ठिक ?

khabarwave
१६ कार्तिक २०७७

हरेक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव यही नोवेम्वर ३ तारिकमा हुदै छ। विश्वले चासोको रूपमा हेरेको अमेरिकाको चुनावको परिणामले अमेरिकामा मात्र प्रभाव नपारेर विश्व मै अशर पार्छ।विश्वको शान्ति सुरक्षा, आर्थिक एवं सामरिक महत्व राख्ने अमेरिकी चुनावको परिणाम सुन्न विश्व नै उत्सुक छ। अमेरिकी संसदमा ५३८ सिटहरू हुन्छन् त्यसमा २७० सिट ल्याउने उम्मेद्वार राष्ट्रपति हुन्छन्।

अमेरिकामा २ वटा पार्टीका उम्मेद्वारहरू राष्ट्रपतिको दौडमा छन्। ती हुन् रिपब्लिकन पार्टिका तर्फबाट बर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्फ र डेमोक्र्याटिक पार्टीका तर्फबाट जोसेफ बाईडेन। ट्रम्फ हाल राष्ट्रपति छन् भने बाईडेन २००९ बाट दुई कार्यकाल उपराष्ट्रपति भएका ब्यक्ति हुन्। यी दुई पार्टी बीच मुख्य भिन्नता निम्न वमोजिम उल्लेख गरिएको छ। कानूनको शासन हुने अमेरिकामा कतिपय नीतिगत विषयमा पार्टीगत विचारमा विविधता पाईन्छ, यिनै नीतिगत भिन्नतालाई आधार बनाएर चुनावी मतको अपेक्षा गरिएको हुन्छ ती हुन्-

1. गर्भ पतन:- गर्भपतनलाई डेमोक्र्याटिकले स्वेच्छिक मान्छ भने रिपब्लिकनले कानूनी।

2. समलिॅगी बिबाह:- समलिॅगी बिबाह कानूनी हुनु पर्छ भन्ने मान्यता डेमोक्र्याटले राख्छ भने यसलाई गैर कानूनी मान्छ रिपब्लिकनले।

3. आप्रवासी:- आप्रवासीका बारेमा डेमोक्र्याट उदार मानिन्छ भने रिपब्लिकन अनुदार।

4. जलवायु परिवर्तन:-अर्थ तन्त्र, बच्चाको स्वास्थ्य र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनले असर पार्छ भन्ने पक्षमा डेमोक्र्याट छन् भने यसको विपक्षमा रिपब्लिकन

5. मेडिकेयर:- डेमोक्र्याटहरू औषधोपचारको बीमामा सकारात्मक छन् र गरीब र ५५ बर्ष माथिका नागरिकलाई नि:शुल्क उपचार दिनु पर्छ भन्ने मान्यता राख्छन् भने रिपब्लिकनहरू राज्यलाई कर तिरेको आधारमा बीमा दिने कुरा गर्छन्।

6. हातहतियार राख्न पाउने विषय:-यहाॅं ब्यक्तिगत सुरक्षाका लागि हरेक अमेरिकनले हातहतियार राख्न पाउने संवैधानिक हक छ तर विगतका दिनहरूमा जथाभावी सनकका भरमा गोली चल्दा स्कूल, मल, सार्वजनिक ठाउमा निहत्था मानिसको अकालमा ज्यान जाने गरेकोले यसलाई नियन्त्रण गर्न डेमोक्र्याट चाहन्छन् भने रिपब्लिकन यसको विपक्षमा छन्।

यी र यस्तै विश्वलाई हेर्ने दृष्टिकोणमा पनि केही भिन्नता पाईन्छ यी दुई पार्टी बीच। अरू देशहरूमा जस्तै अमेरिकामा पनि चुनावमा नयाॅं स्वाद लिन चाहन्छन् अमेरिकीहरू। यही कारणले पनि गैर राजनीतिक क्षेत्रको एक ब्यापारी ट्रम्फलाई छनौट गरे गएको चनावमा अमेरिकनले। नेपालमा जस्तो यहाका मतदाताहरू पार्टीका अन्धभक्त हुदैनन् र जुनसुकै पार्टीका भए पनि उम्मेद्वारको योग्यता र क्षमताका आधारमा मतदान गर्छन्। यहाॅंको चुनावी प्रचार प्रसारमा पनि हाम्रो जस्तो देशमा झै पोस्टर, पम्प्लेट, ध्वजा पतका, जुलुस, नारा आदि केही हुदैन। यिनीहरूको निश्चित ठाउमा भाषण भिषण नहुने हैन तर नेपालको जस्तो तडक भडक, विषाक्त (polluted) हुदैन।

उम्मेद्वारहरू टिभी कार्यक्रममा दिईएका विषयमा निर्धारित समयमा वादविवाद गर्छन्। फेरि यहाॅं पार्टीका कार्यकर्ताहरू तछाडमछाड गरेर गाली गलौजमा उत्रदैनन्।कतिपयलाई त चुनाव सम्वन्धमा केही चासो पनि हुदैन। यहाॅं मतदान ३ किसिमले गर्न सकिन्छ-हुलाकबाट, अन्लाईन र मतदान केन्द्रमा गएर।यहाॅं रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो भने डेमोक्र्याटिकको चुनाव चिन्ह गधा हो।

हुलाक र अन्लाईन मतदान केही अगाडि देखि खुली सकेको हुन्छ र अन्तिम मतदानको ७२ घण्टा अगाडि सम्म दिन पाईन्छ तर मतदान केन्द्रमा गरिने मतदान भने नोवेम्बर ३ तारिखमा मात्र निर्धारित समयमा हुन्छ। अमेरिकामा जनसंख्याका आधारमा चुनिने सदस्यहरू निर्धारित हुन्छन् जसलाई Electoral college भनिन्छ। उदाहरणको लागि न्यू योर्क बाट-२९, क्यालिफोर्निया बाट-५५,टेक्सस् बाट-३८ जना जस्तै सबै स्टेटबाट ४३५ जना र डिसीबाट ३ जना गरी ४३८ जनाको हाउस हुन्छ र हरेक राज्यबाट २ जनाका दरले ५० स्टेटबाट १०० जना सिनेटमा गरी जम्मा ५३८ जनाको कॅंग्रेस बन्छ। यसमा कम्तिमा २७० मत पाउने उम्मेद्वार राष्ट्रपति हुन्छ।

निर्वाचनको हारजित निर्वाचन परिणाम पछि मात्र हुन्छ तर पनि चुनावी विषयमा उम्मेद्वारको प्रभावकारितालाई जोडेर विभिन्न अन्दाजहरू हुने गर्छन्। २०१६ को चुनावमा गरिएका अड्कलवाजी विपरित अमेरिकाको चुनावमा डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनले हारिन् तै पनि चुनावमा अड्कलबाजी भै रहन्छन्।

अमेरिकाको गत २७ वर्षको राष्ट्रपतीय चुनावको ईतिहाॅंसमा दोश्रो पटक पनि पहिला कै उम्मेद्वारले जितेको पाईन्छ। यस पटक पनि रिपब्ळिकन उम्मेद्वारले जित्न सक्लान् तर उनको ४ वर्षे कार्यकालमा उनले गरेको कामको समीक्षा अवश्य पनि अमेरिकी मतदाताले गरी सकेका छन्।काम गराईको क्रममा विश्व संग ट्रम्फको ब्यबहार कस्तो रह्यो, आन्तरिक रूपमा देखा परेका समस्याहरूको समाधानमा यिनको भुमिका कस्तो रह्यो , हाल विश्वमा देखा परेको कोभिड-१९ मा यिनले गरेको काम गराईले यिनलाई कहाॅं उभ्याउने हो, विवादित बिषयमा यिनले दिएका अभिब्यक्ति कस्ता थिए , यी र यस्तै विषयहरूका कसीमा अमेरिकी मतदाताले ट्रम्फलाई कुन कित्तामा उभ्याएका छन् त्यो त मत परिणामले देखाउने नै छ।

त्यसो त चुनावको मत परिणामलाई नयाॅं थप हुने मतदाताको संख्याले पनि अशर पार्छ। अहिले सम्म मतदानको धेरै प्रतिशत मत खसी सकेको छ र अन्तिम दिन नोवेम्वर ३ को प्रत्यक्ष मतदानको काम मात्र बाॅंकि छ। तर पनि चर्चामा आए अनुसार ट्रम्फले यिनको पालामा विश्वमा समन्वयकारी भूमिका खेल्न नसकेको, आन्तरिक रूपमा पनि रंग भेद नीतिलाई बढवा दिएको, कोभिड महामारीलाई गम्भिर रूपमा नलिएको भन्ने जस्ता आरोप संगै ट्रम्फको कार्यकालमा अमेरिकाको आर्थिक अवस्था राम्रै रहेको र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको चर्चा संगै निर्वाचन परिणामको प्रतीक्षा गर्नुको बिकल्प छैन।

Loading spinner