अमेरिकनहरूले भाेलिबाट कोरोनाविरुद्धको खोप पाउने

khabarwave
२८ मंसिर २०७७

काठमाडौं ।  सोमबारबाट अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित देश हो ।खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएका छन ।

अमेरिकाले फाइजरर बायोएन टेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो ।

 

Loading spinner