अब १ रुपैयाँ डाउनपेमेन्टमा होण्डाका मोटरसाइकल सरर

khabarwave
१४ आश्विन २०७७

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी एक आकर्षक अफर सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले “हरेक नेपालीलाई १ रुपैयाँमा होण्डा” नामक योजना ल्याएको छ ।
कोभिड– १९ को यस विषम परिस्थितिलाई मध्यनजर गर्दै यस्तो योजना ल्याइएको कम्पनीले जनाएको छ । मंगलबारदेखि लागू भएको यस योजना अवधिभर ग्राहकहरुले होण्डाको कुनै पनि मोटरसाइकल वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआई र १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सक्नेछन् ।
स्याकार इन्भेष्टमेन्ट भएका स्थानहरुमा लागू हुने यस फाइनान्स योजनामा ग्राहकहरुले आकर्षक नगद उपहारका साथै अन्य थुप्रै सुविधाहरु समेत प्राप्त गर्न सक्ने जनाइएको छ । यस योजना अन्तर्गत खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्त्र्mयाच कुपन मार्पmत रु। १ लाख सम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बरहरु १६६००१४६६३२ (नमस्ते) ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

Loading spinner