अबको चार महिनामा  करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने स्वास्थ्यमन्त्रीकाे दाबी

khabarwave
६ मंसिर २०७७

काठमाण्डाै। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड-१९ बारे  नयाँ प्रक्षेपण गरेका छन ।  शनिबार कोभिड-१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा  करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका हुन।

सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन्। त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनकाे धारणा थियाे । सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत उनकाे दाबी थियाे ।

 

Loading spinner