अनुगमन टोली पुग्दा व्यापारीकाे भागाभाग

khabarwave
१० आश्विन २०७७

काठमाडौं ।काठमाण्डाैकाे धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा आलु र प्याज बेच्ने ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडे हिँडे । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । तीमध्ये १ र २ नं स्टलका व्यापारी थिए । बाँकी पसलमा थिएनन् । बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । स्टल २ का व्यापारी बद्री शिवाकोटी भन्दै हुनुहुन्थ्यो ‘ठूला व्यापारीले गलत गरे होलान् समस्या हामी साना व्यापारीलाई हुन्छ । उनको यो भनाइबाट बुझ्न सकिन्छ । अरु व्यापारी अनुगमन टोली आएको खवर सुनेर पसलबाट हिँडेका हुन् ।’

पसल छोडेर गए पनि पङ्खा चलिरहेका थिए । पूजा गर्दा बालेको बत्ती निभेकै थिएन । शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् ।बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यबस्तुलगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन शुरुवात भएपछि क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए ‘ पानी परेर सामान नआएर बेच्नका लागि सामान छैन ।-नेपाल समाचारपत्र दैनिकबाट।

Loading spinner