
अध्यादेश प्रकरणकाे उपचार सर्वोच्च अदालत भएकाे पूर्बसभामुख ढुंगानाकाे टिप्पणी , डा.शशांक भन्छन- सरकारको सर्वसत्तावादी चरित्र नांगियाे
काठमाण्डाै । पूर्ब सभामुख दमननाथ ढुंगानाले संवैधानिक परिषद सम्बन्धी अध्यादेश संविधानसँग प्रत्यक्ष बाझिएको छ भनेर मान्दा यसले एक्कैचोटि धेरैलाई तान्ने देखियो बताएका छन ।
सामाजिक संजालमार्फतढुंगाना ले यस्तो विवादमा उपचार खोजिने निकाय सर्वोच्च अदालत भएकाे बताएका छन । उनले स्वतन्त्र न्यायालयको मर्यादा खातिर पनि प्रधानन्यायाधीश यस्ता विवादबाट पहिल्यै पृथक हुनु वाञ्छनीय होला भनि सुझाब दिएका छन ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले सामाजिक संजालमार्फत भनेका छन- संवैधानिक परिषदको निर्णयलाई आफू अनुकुल बनाउन राष्ट्रपतिलाई राजनीतिक रुपमा प्रभावित पारेर हतारमा अध्यादेश जारी गर्नुले ओली सरकारको सर्वसत्तावादी चरित्र नांगिएको छ। संसद्को अपमान मात्रै भएको छैन, लोकतन्त्रका लागि यो खतरनाक संकेत हो। अध्यादेश फिर्ता लिएर तत्काल संसद बोलाउनुपर्दछ।