अख्तियारद्वारा मालपोत कार्यालयमा कार्यरत लेखा अधिकृतसहित ३ जना बिरूद्व मुद्वा दर्ता

khabarwave
२९ मंसिर २०७७

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  निम्न  बिषयमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।आयोगकाे बिज्ञप्तिमा भनिएकाे छ -मालपोत कार्यालय भरतपुर, चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना उपर राजस्व चुहावट एवं हिनामिना गरी मालपोत कार्यालय, भरतपुर चितवनको आ।ब। २०७३र०७४ तथा २०७४र०७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय भरतपुर, चितवनमा तत्कालीन समयमा नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये रु।४,७१,६१८।( लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु। ४,७१,६१८।– ९चार लाख एकहत्तर हजार छ सय अठार० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९घ० बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम हिनामिना भएको राजस्व रकमसमेत असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

त्यसैगरी, मालपोत कार्यालय, भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा मालपोत कार्यालय भरतपुर चितवनको विभिन्न फाँटमा संकलित राजस्व रकम आफूले बुझि सो राजस्व रकममध्ये रु। ५८,४३,८०६।७५ सम्बन्धित बैंक खातामा दाखिला नगरी खाई मासी राजस्व हिनामिना गरेको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निजलाई दाखिला नगरी हिनामिना गरेको रु। ५८,४३,८०६।७५ ९अन्ठाउन्न लाख त्रिचालीस हजार आठ सय छ पैसा पचहत्तर० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९ज० बमोजिम कैद र सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम हिनामिना भएको राजस्व रकम असुलउपर गरी जफत हुन समेत मागदाबी लिइएको छ ।

साथै, मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्व रकम रु। ७,०८,१७,०३७।– सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको एवं दाखिला भौचरहरु बैंक दाखिलापश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिंदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय ९ग० बमोजिमको कसुर, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजले दाखिला नगरेको रु। ७,०८,१७,०३७।– ९सात करोड आठ लाख सत्र हजार सैतीस रुपैंया० बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय ९झ० बमोजिम कैद, सोही ऐनको दफा ७ बमोजिम जरिवानाको सजाय हुन र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा रु। २,५८,०३,२३१।– दाखिला गरेको हुँदा बाँकी रहन आउने रकम रु। ४,५०,१३,८०६।– असुल उपर गरी जफत हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र सोही ऐनको दफा ११ बमोजिमसमेत सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Loading spinner