नेपाल अर्वुद रोग निवारण संस्थाले गरायो सरकारको ध्यानाकर्षण, यस्ताे छ लहान घाेषणापत्र

khabarwave
२४ फाल्गुन २०७८

काठमाडौं । नेपालमा वर्षेनी नसर्ने रोगको कारण नागरिकको ज्यान जाने र उपचारमा अरवौं खर्च हुनेक्रम बढ्दो रहेको छ । नसर्ने रोगमा सबैभन्दा घातक र ठूलो धनजनको क्षति पुर्याइरहेको क्यान्सर नियन्त्रणमा लागेको नेपाल अर्बुद रोग नीवारण संस्थाले सुर्तीजन्य पदार्थको कर शतप्रतिशत वृद्धिको लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । संस्थाको हालै सम्पन्न अधिवेशनबाट जारी लाहान घोषणापत्र स्वास्थ सचिव डा रोशन पोखरेलाई हस्तान्तरण गरिएको छ । संस्थाका निवर्तमान अध्यक्ष्य ईश्वर श्रेष्ठको नेतृत्वमा गएको टोलिले बुझाएको उक्त घोषणापत्रमा सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि सरकार र निजी क्षेत्रले चाल्नुपर्ने विषय समेटिएको छ । सो टोलिमा संस्थाका उपाध्यक्ष कृष्ण बस्नेत, महासचिब बिमल होडा, कोषाध्यक्ष दिनेश पालिखे, केन्द्रिय सदस्य रति श्रेष्ठ, कमल श्रेष्ठ, हर्ष नारायणलगायतको उपस्थिति थियो । आगामी बजेटमा सूर्तिजन्य पदार्थमा शतप्रतिशत कर बढाउनु पर्ने माग संस्थाले राखेको छ । संस्थाले विगतमा सञ्चालन गरेको भक्तपुर क्यान्सर अस्पताललाई पछिल्लो समय सरकारले हस्तक्षेप गरेपछि अस्तव्यस्त बन्न पुगेको जानकारी गराउँदै प्रतिनिधिमण्डलले सरकारलाई उक्त अस्पताल संस्थालाई नै फिर्ता गर्न समेत माग गरेको छ । उक्त अस्पतालमा कार्यरत चिकित्सकहरुले पछिल्लो समय म्याद सकिएको औषधि काम नगर्ने जस्तै म्याद गुज्रिसकेका चिकित्सकबाट भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको राम्रो उपचार नभएको जानकारी पनि टोलीले सरकारलाई गराएको थियो ।

संस्थाकाे हालै  जारी लहान घाेषणापत्र

Loading spinner